कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो « Khabarhub

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो ।

यही भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको छ । दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ । 
 
केही दिनभित्रै काम सम्पन्न गर्नेगरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिए । यो राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग हो । 

यो सडक हुँदै दैनिक १४ हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । अहिले सडक रोकिँदा मुख्य रुपमा ग्याससहित खाद्यान्नको अभाव राजधानीले बेहोर्नु परेको छ । 
 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ६ : १९ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न