दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’ « Khabarhub

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर भूमिकामा देख्न पाउने भएका छन्। उनको नयाँ फिल्म ‘सारथि’ को सार्वजनिक प्रोमोले यस्तै संकेत गरेको छ, जहाँ काखमा दुधे बालक बोकेकी निरुताको गम्भीर अनुहार र पैतालाबाट बगिरहेको रगतले दर्शकमाझ फिल्मको कथाबारे जिज्ञासा बढाएको छ।

किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमो बच्चाको रोदनबाट सुरु हुन्छ। त्यसपछि देखिने निरुताको रहस्यमय प्रस्तुतिले फिल्ममा उनले निर्वाह गरेको चरित्रप्रति चासो बढाउँछ। प्रोमोले कथावस्तु स्पष्ट नपारे पनि यसमा भावनात्मक र गम्भीर विषय समेटिएको संकेत गर्छ।

कुमार गजुरेलको निर्देशनमा बनेको फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा निरुतासँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायत कलाकारको अभिनय छ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको फिल्म संकल्प भुजेलले खिचेका हुन्। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ११ : ३७ बजे

पूजा शर्मा र सुशील श्रेष्ठको ‘एक्का ३-च्याप्टर वान’ सुरु

काठमाडौं– नेपाली फिल्म ‘एक्का ३–च्याप्टर वान’ले शुभमुहूर्तसँगै आफ्नो निर्माण यात्रा

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

बेइजिङ- चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

अनुदानको १५९ बोरा मलको हिसाब नदेखाएपछि कृषि भण्डारलाई दुई लाख जरिवाना

झापा– अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि

पोखरामा दैनिक दुई सयभन्दा बढी पर्यटक प्याराग्लाइडिङमा रमाउँदै

गण्डकी– हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल,

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि