लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा « Khabarhub

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित लागूऔषध गाँजासहित दुईजना व्यक्तिलाई आज नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज क्षेत्रीका अनुसार सुरक्षा टोलीले नेपालबाट भारतर्फ गइरहेका बारा जिल्ला बारागढी गाउँपालिका–३ का जमिल अख्तर मियाँले झोलामा लुकाइछिपाइ लैजान लागेको चार केजी ८५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो । 

निजलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय पठाइएको जानकारी दिइयो ।

त्यस्तै भारतबाट नेपालतर्फ पैदलयात्रमा रहेको बारा विश्रामपुर गाउँपालिका–५ शेख सहजातको शरीर खानतलासी गर्दा कालो प्लास्टिकमा रहेको लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ चार ग्राम ८४० मिलीग्रामसहित बरामद भएको थियो । 

यसैबीच, पर्सा प्रहरीले १२ बोरको भरुवा एक नाल बन्दुक बरामद गरेको छ । 

वीरगन्ज महानगरपालिका–२२ स्थित धान  खेतमा लुकाइराखेको अवस्थामा सो बन्दुक बरामद गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १ : ०० बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते