सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो « Khabarhub

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक भएको छ। नेपालको इतिहास, संस्कृति र मौलिकतालाई विश्वमाझ चिनाउने उद्देश्य राखेको यो फिल्म कथावस्तुका साथै दिग्गज अभिनेता सुनिल थापाको अन्तिम फिल्म भएकाले पनि विशेष बनेको छ।

धिराज राजवंशीको निर्देशनमा बनेको सर्भाइभल कथामा आधारित फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको अभिनय छ।

यस फिल्मको अर्को महत्त्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय प्रदर्शन हो। निर्माण पक्षका अनुसार ‘हिमालयन गोल्ड’ भारतभर एकसाथ प्रदर्शन हुने पहिलो नेपाली फिल्म बनेको छ । 

यसका लागि भारतको चर्चित वितरण कम्पनी एए फिल्म्ससँग औपचारिक सम्झौता भइसकेको छ । 

उक्त कम्पनीले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ च्याप्टर २’ र ‘पुष्पा’ जस्ता चर्चित फिल्म वितरण गरिसकेको छ ।

निर्देशक राजवंशीका अनुसार फिल्म भारत, जापान र अस्ट्रेलियालगायत देशमा स्थानीय भाषाका सबटाइटलसहित नेपाली भाषामै प्रदर्शन गरिनेछ । फिल्मको मौलिकता जोगाउन हिन्दीमा डब गर्ने प्रस्ताव अस्वीकार गरिएको उनले बताए ।

निर्माता तथा वितरक नकिम उद्दिनले अन्तर्राष्ट्रिय बजारमा फिल्मको सम्भावना राम्रो रहेको उल्लेख गर्दै यसको प्रदर्शनले नेपाली चलचित्रलाई विश्व बजारमा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  १ : २७ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला