काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री फेरिएको एक महिना पुगेपनि बजारमा उपभोक्ताको अवस्था उस्तै छ ।
भदौ २५ मा मन्त्री नियुक्त भएका रास्वपाका दीपककुमार साह पनि हालसम्म आपूर्ति सहज बनाउन सफल हुन सकेका छैनन् ।
नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघसँगको समन्वयमा उपत्यकाका ११ ठाउँमा असोज २५ देखि ३० गतेसम्म चाडपर्वलाई ध्यानमा राखेर ग्यास वितरण गरिरहेको छ ।
यी केन्द्रमा पनि भरी ग्यास सिलिन्डर लिन उपभोक्ताको लामो लाइन देखिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया