‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय « Khabarhub

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा छ । 

यसको पाँचौँ भाग ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ को आधिकारिक ट्रेलर सार्वजनिक भएसँगै फिल्म प्रेमीमाझ चासो बढेको छ । 

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

बाँसुरी फिल्म्सले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेको ट्रेलर पुल्चोकस्थित लाबिम मलमा आयोजित कार्यक्रममा देखाइएको थियो । 

ग्रामीण परिवेश, हास्यरस र मानवीय सम्बन्धका उतारचढावलाई मौलिक शैलीमा प्रस्तुत गर्दै लोकप्रिय बनेको ‘कबड्डी’ शृङ्खलाको नयाँ भागले कथालाई कसरी अगाडि बढाउँछ भन्ने दर्शकको चासो छ ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ र मिरुना मगरलगायत कलाकारको अभिनय छ । 

यसका साथै पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकार पनि देखिनेछन्।

रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता रहेको फिल्मको छायांकन सञ्जय लामाले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलको छ । फिल्ममा कालीप्रसाद बाँस्कोटा र झुमा लिम्बूको संगीत छ ।

नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र द टी फोक्सले वितरण गर्ने फिल्मको विदेश प्रदर्शनको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ । 

अब दर्शकको प्रतीक्षा फिल्मले अघिल्ला भागले बनाएको लोकप्रियतालाई कति अगाडि बढाउन सक्छ भन्नेमा रहनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : १० बजे

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल