बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन « Khabarhub

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको सर्वाङ्गीण विकास, अधिकार संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

मन्त्रालयद्वारा आयोजित दुईदिने राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न ‘मिट माइ मिनिस्टर’ कार्यक्रममा बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनले यस्तो बताएकी हुन् ।

बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य र बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गत नेपालको प्रतिवेदन तयारीका सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो । प्रश्नोत्तर सत्रमा बालबालिकाले शिक्षा, स्वास्थ्य, सुरक्षा, बालअधिकार र सर्वाङ्गीण विकासका विषयमा राखेका जिज्ञासाको सम्बोधन गर्दै मन्त्री बादीले उनीहरूका आवश्यकता र आवाजलाई नीति तथा कार्यक्रममा समेटिने प्रतिबद्धता जनाइन् ।

दुईदिने परामर्श कार्यक्रममा ६ वटा प्रदेशका २९ जना बालबालिकाको सहभागिता थियो, जसमा ३ जना अपाङ्गता भएका बालबालिकासमेत थिए । कार्यक्रममा बालविवाह, बालश्रम, विभेद, शिक्षा, न्याय, जलवायु परिवर्तन र बाल सहभागिताजस्ता विषयमा गहन छलफल गरी सुझाव सङ्कलन गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय बालअधिकार समितिमा नेपालको छैटौँ र सातौँ आवधिक प्रतिवेदनको प्रतिक्रिया तयार गर्न तथा आगामी २०२६ नोभेम्बरमा फिलिपिन्सको मनिलामा हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्वव्यापी मन्त्रीस्तरीय सम्मेलनका लागि सिफारिस तयार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : १७ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले