‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’ « Khabarhub

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि आफैँ बनाउनसक्ने सम्भावनाको जोखिम रहेको चेतावनी दिएको छ ।

एन्थ्रोपिकलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सका अनुसार साना एआई मोडलहरु केही महिनाभित्रै स्मार्ट ओभन र सस्ता एन्ड्रोइड टिभी बक्सजस्ता व्यावसायिक उपकरणमा आफैँ प्रतिलिपि बनाउने क्षमतासम्म पुग्ने सम्भावना छ । एन्थ्रोपिकले गरेको परीक्षणले यस्तो सम्भावनातर्फ संकेत गरेको हो।

एन्थ्रोपिकले एआई मोडलहरूले जोखिमयुक्त उपकरण पत्ता लगाउन, आफूलाई ती उपकरणमा ‘रेप्लिकेट’ गर्न र मानवीय सहायताबिना फैलिँदै जान सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरेको थियो ।

३० अर्बभन्दा कम प्यारामिटर भएका साना मोडलले प्रतिलिपिका लागि चाहिने धेरै चरण पूरा गर्न सकेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एकैपटक निष्क्रिय बनाउने कुनै केन्द्रीय स्विच नहुने भएकाले यसरी प्रतिलिपि हुने मोडललाई बन्द गर्न निकै कठिन हुन सक्छ । एन्थ्रोपिकले साधारण (एआई नभएका) मालवेयरभन्दा फरक यस्ता मोडलले अपरिचित उपकरणलाई आफैँ बुझेर प्रयोग गर्न सक्ने र डेटा सेन्टरका प्रोसेसरलाई समेत लक्षित गर्न सक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ३२ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’