नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय « Khabarhub

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ को भिडियो सार्वजनिक भएको छ । बागलुङको ढोरपाटनमा छायांकन गरिएको उक्त गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेलसँगै गायिका आचार्य स्वयंले अभिनय गरेकी छन् ।

डा. कृष्णहरि बरालको शब्द र एनबी जनकपुरीको संगीत रहेको गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् । निर्देशक भट्टले हालसम्म करिब पाँच सयभन्दा बढी गीतका भिडियो निर्देशन गरिसकेका छन् ।

पोखरामा जन्मिएकी गायिका आचार्यले यसअघि ‘जिन्दगी’, ‘सँगै जिउने हो’, ‘भए साथमा नभए यादमा’, ‘झिमझिम परेली’ लगायतका गीतमा स्वर दिइसकेकी छन् । “गीतसंगीत मेरो जीवनको आधार हो, यसले औषधि र ध्यानजस्तै काम गर्छ,” हाल नेपालमै रहेकी गायिका आचार्यले भनिन् ।

‘ए फूल ए जुन’ को भिडियो गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : ५५ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।