युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह « Khabarhub

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट’मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

ढकालको निजी सचिवालयका अनुसार भेटमा नेपाल–युएई सम्बन्ध, द्विपक्षीय व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे छलफल भएको थियो ।

सो अवसरमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डेटा सेन्टरलगायतका क्षेत्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युएईका लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका थिए ।

उनले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गर्न युएईका विदेश व्यापारमन्त्रीसँग अनुरोध गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ९ : ५४ बजे

पर्यटकको आकर्षण बन्दै गोरखाको न्याउली झरना

गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त

इरानमाथि फेरि सैन्य आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले चाहेको दिशाभन्दा विपरीत

मुगुमा मुन्दु र सेरा जोड्ने झोलुङ्गे पुल बन्ने, ३० लाख बजेट विनियोजन

मुगु– मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो

मृतकका परिवारलाई ५० हजार दिने चक्रघट्टाको निर्णय, आज शोक बिदा

सर्लाही– मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा आफ्ना १३ जनाको मृत्यु