इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन « Khabarhub

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराध नियन्त्रणसम्बन्धी अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि इरान युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो ।

ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो खर्च र हर्मुज जलघाँटीमाथिको नियन्त्रणसमेत प्राप्त गरिसकेको बताएका छन् । यद्यपि, आवश्यक परे इरानमाथि पुनः सैन्य आक्रमण गर्न अमेरिका तयार रहेको उनले स्पष्ट पारेका छन् ।

इरानसँगको युद्ध अन्त्य गर्न वार्ताको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोर्नुको एउटा कारण इरान युद्ध पनि भएको टिप्पणी गरेका थिए ।

यसैबीच, इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गरे । यद्यपि, ह्वाइट हाउसले यसबारे स्पष्ट प्रतिक्रिया दिएको छैन ।

उता, हर्मुज जलघाँटी आसपास तेल ट्याङ्करमाथि आक्रमणका घटना भइरहेका छन् । बेलायती सेनाका अनुसार पछिल्ला दिनमा कम्तीमा दुईवटा तेल ट्याङ्कर प्रक्षेप्य आक्रमणमा परेका छन् । ती घटनाले खाडी क्षेत्रको समुद्री सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्धअघिको स्तरनजिक पुगे पनि जहाजहरूले अमेरिकी नौसेनाको सुरक्षा साथ लिनुपरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १२ : ४६ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा