मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग « Khabarhub

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बुधबार बिहान दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका छन्।

कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। पछिल्लो समय देशभर सडक दुर्घटना बढ्दै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा दुर्घटना न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

‘दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुका साथै सडक सुरक्षा, सवारी साधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १ : ०१ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा