नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह « Khabarhub

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा द्विपक्षीय व्यापार, पारवहन, औद्योगिक सहकार्य र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचका विषयमा छलफल भएको हो।

मन्त्री साहको सचिवालयका अनुसार भेटमा साहले नेपाली उत्पादनले भारतीय मानक ब्युरो (बीआइएस) को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतको समस्या उठाएका थिए। उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता र धागोको प्रमाणीकरण प्रक्रिया सरल बनाउन आग्रह गरे।

नेपालमा बीआइएस मापदण्डअनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीय मन्त्री गोयलले सकारात्मक चासो देखाउँदै प्रक्रिया अघि बढाउन आफ्ना सचिवलाई निर्देशन दिएका छन्।

छलफलमा भारतका धाम्रा (ओडिशा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने, नेपाल–भारत व्यापार सन्धिको पुनरावलोकन गर्ने तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अवरोध हटाउने विषय समेटिएका थिए। यस्तै, कोलकाता बन्दरगाहमा नेपाल ट्रान्जिट एन्ड वेयरहाउसिङ कम्पनी लिमिटेडको लिजमा रहेको जग्गा नवीकरण वा वैकल्पिक जग्गा उपलब्ध गराउनेबारे पनि कुराकानी भएको छ।

त्यसैगरी, नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ शुल्कको पुनरावलोकन, चियाको निर्बाध प्रवेश र कृषि उत्पादनको गुणस्तर परीक्षण सहज बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका प्रयोगशालाको प्रतिवेदनलाई भारतले मान्यता दिनुपर्ने र सीमावर्ती क्षेत्रमा परीक्षण सुविधा विस्तार गर्नुपर्ने प्रस्तावसमेत नेपाली पक्षले राखेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ३ : २४ बजे

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका

त्रिवि सुधारमा मन्त्रालय र विश्वविद्यालयको छलफल : सेमेस्टर प्रणाली र ई-एटेन्डेन्समा जोड

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र

छठ पर्व : कात्तिक २९ र ३० गते दुवै दिन सार्वजनिक बिदा

काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालयले छठ पर्वका अवसरमा कात्तिक

भीमफेदी भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ – सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको