छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने « Khabarhub

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग सोमबार खुला रहने भएको छ।

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए।

महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ।

सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए।

छठ पर्व मनाउने आफ्ना कर्मचारीलाई भने विभागले सोमबार बिदा दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ४ : ५० बजे

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र

चितवनविरुद्ध टस जितेको जनकपुरले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

काठमाडौँ – छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी

जेन्सेन हुआङको राजीनामासँगै एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता

सान फ्रान्सिस्को- चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

अन्ताल्या (टर्की)- यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा