आगलागीमा परी वृद्धको मृत्यु « Khabarhub

आगलागीमा परी वृद्धको मृत्यु


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

खोटाङ– साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ । परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई बुधबार गोठमा मृत फेला परेका हुन् ।

करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आएका राई आफैँले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिए ।

“दुई छोरा र दुई छोरीका बुबा धिरजबहादुर राई विगत एक वर्षदेखि एक्लै गोठमा बस्दै आउनुभएको थियो । घरदेखि टाढा रहेको बारीमा गोठ बनाएर बस्नुभएका उहाँ आज मृत फेला पर्नुभयो”, उनले भने, “एकान्त ठाउँमा घटना भएकाले कुन समयमा के भएर आगलागी भयो भन्ने खुलेको छैन । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ ।”

बाँझेच्यानडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ७ : ०९ बजे

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर

आगलागीमा परी वृद्धको मृत्यु

खोटाङ– साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत

धनुषा- मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

अन्ताल्या (टर्की)- जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले