काठमाडौँ – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन्।
सभामुख अर्यालले वीरगन्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा छठ पूजामा सहभागी हुने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले मकवानपुर, बारा र पर्साका स्थानीय नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नेछन्।
सभामुख अर्याल गत वर्ष पनि छठ पर्वका अवसरमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए। त्यहाँ उनले छठी माताको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुका साथै स्थानीय भक्तजनसँग पर्वको शुभकामना आदानप्रदान गरेका थिए।














प्रतिक्रिया