बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो « Khabarhub

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेको छ।

अलोन्सोले गत वर्ष जर्मन क्लब बायर लेभरकुजन छोडेर सान्तियागो बर्नाबेउमा मुख्य प्रशिक्षकका रुपमा काम थालेका थिए । सन् २०२६ सिजनको स्पेनिस सुपर कप फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएको एक दिनभित्रै क्लबले उनलाई हटाउने निर्णय गरेको हो ।

म्याड्रिडका अधिकारीले यो निर्णय दुवै पक्षको सहमति अनुसार भएको बताएका छन् । उनीहरूले अलोन्सोलाई भविष्यका लागि शुभकामना दिएका छन्।

क्लबको आधिकारिक बयानमा अलोन्सो सधैं रियल म्याड्रिड समर्थकको माया र सम्मानको पात्र रहने भनिएको छ। क्लबले उनको समर्पणको कदर गरेको छ।

अलन्सो बर्खास्तीपछि अबका लागि अल्भारो आर्बेलोआलाई पहिलो टोलीको प्रशिक्षक नियुक्त गरिएको छ। उनी हालसम्म कास्टिला (टीम बी) को प्रशिक्षक थिए । उनले क्लबको युवा संरचनामा लामो समय काम गरिसकेका छन्।

रियल म्याड्रिड अहिले ला लिगा र च्याम्पियन्स लिग दुवैमा दौडमा पछाडि छ । नयाँ प्रशिक्षकले आगामी खेलको तयारी गर्नेछन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २० बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन