कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए « Khabarhub

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन, विशेष महाधिवेशन र शेखर कोइराला समूहले वार्ता समिति बनाएका छन्।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाण सदस्य छन्। विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सदस्य छन् भने डा. कोइराला समूहबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल समितिमा सदस्य बनेका छन्। वार्ताका लागि समिति बने पनि छलफलका लागि समय र स्थान भने तय भइनसकेको संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिएका छन्।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर छलफलको वार्ताको वातावरण बनाउन समिति बनाउने प्रस्ताव गरेका थिए। त्यसलगत्तै देउवालाई उनले यसबारे जानकारी गराएका थिए।

कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति शेरबाहदुर देउवासहित संस्थापन समूहले त्यसलाई दबाउन खोजेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वानमा विशेष महाधिवेशन जारी छ । अहिलेसम्म बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भइसकेका छन् । यसले संस्थान पक्ष दबाबमा परेको छ ।

आइतबार विशेष महाधिवेशन उद्घाटन भएर सोमबार बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा केन्द्रीय समिति विघटनको प्रस्ताव पेस गरिएको छ। बहुमत सदस्य पार्टी विशेष महाधिवेशनको पक्षमा रहेको थाहा पाएको संस्थापन समूह वार्ताका लागि तयार भएको हो।

संस्थापन पक्षले विशेष महाधिवेशनमा चासो दिएपछि सोमबारसम्म भनिको महाधिवेशन समय लम्बिएको छ। आजै कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। केन्द्रीय कार्यसमिति बैठक बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बताइएको भए पनि विशेष महाधिवेशनमा सहभागी केन्द्रीय सदस्यले बैठकमा सहभागी नहुने प्रष्ट पारेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : १८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा