चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द « Khabarhub

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।

यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

उनले चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट झरेको जानकारी दिए ।

यस वर्ष हिमपात नभए पनि नारा सडकखण्ड गएको गत कात्तिकमा परेको हिउँले बरफ जमेर सडक अवरुद्ध गरेपछि यातायात सेवासमेत बन्द भएको छ । यसको कारण चीनको ताक्लाकोटबाट सामानहरु आयात हुनसमेत छोडेको प्रमुख जैसीले बताए ।

कारोबार नहुने भएपछि कर्मचारी हिल्सामा कार्यालय कुर्नुभन्दा सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा झरेका हुन् । चीन तर्फको नाकालाई खुल्लै राखेको भन्सार कार्यालयका प्रमुख जैसीले बताए ।

उनका अनुसार आगामी चैत दोस्रो हप्ता कर्मचारी यारी नाका भन्सार कार्यालयमा फिर्ता भएपछि पुनः नाका सञ्चालनमा आउने छ । गत साउन महिनायता यारी नाका भन्सार कार्यालयले रु १८ लाख ६५ हजार राजस्व असुली गरेर गत वर्षको भन्दा यस वर्ष कार्यालयले दोब्बर राजस्व उठाएको बताए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : १७ बजे

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय