स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा « Khabarhub

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्राध्यापक तोयारानारायण पौडेलसहित ३ जनाको नाम चर्चामा आएको छ ।

वालिङ ११, छतिवनका प्राध्यापक पौडेलले समग्र स्याङ्जाको विकासको विषयमा अवधारणा सार्वजनिक गर्दै आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने जनाएका छन् ।

लामो समयदेखि शैक्षिक प्राध्यापन पेसामा आबद्ध भएका उनी परम्परागत शक्तिबाट मुलुकको विकास असम्भव देखिएको भन्दै रास्वपामा आबद्ध भएका थिए ।

त्यस्तै, ०७९ मंसिरमा भएको निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार बनेका वालिङका टिकराज गुरुङ पनि पुनः उम्मेदवार हुनसक्ने चर्चा रास्वपाभित्र भइरहेको छ ।

साथै, वालिङका झविलाल डुम्रेले पनि आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ११ : ५८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट