महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक « Khabarhub

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको छ । यी दुवै समुदायको मुख्य पर्व मानिने माघेसङ्क्रान्ति नजिकिएसँगै मगर र थारू समुदाय पर्वको तयारीमा जुटेका हुन् ।

सौरमासको माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वलाई मगर समुदायले माघेसङ्क्रान्ति भन्छन् भने थारूले तिलासक्रायत भन्ने गर्छन् । 

यस भेगका थारू बस्तीमा पर्वका लागि सामर्थ्यअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकार जुटाउँदैछन् । शीतलहर पनि केही दिनयता घट्न थालेपछि पर्वको तयारी गर्न सजिलो भएको छ । 

भङ्गाहा नगरपालिका क्षेत्रका भीमगढ, टिकुलिया, महुवा, भूचक्रपुर, पलारबिर्ता, थारूटोल बनरा, भङ्गाहा, मदनपट्टी, पर्सा, बखरी, करुणा, मेघरोल, हरखपुर, मझौलिया र धरमपुर थारू समुदायको बाहुल्यता भएका बस्ती हुन् । 

त्यसैगरी बर्दिबास नगरपालिकाको मेघनाथटोल र गौशाला नगरपालिका क्षेत्रका निगौल, रजखोरबिर्ता, बिसरपुर र जमुनियाँ पनि थारू बसोबास बाहुल्यताका बस्ती हुन् । 

यी बस्तीमा अहिले थारू महिला ‘लाई’ बनाउन व्यस्त छन् । तील, चिउरा, मुरी र जुनेलो भुटेर सक्खरको खुँदोमा मिसाएर बनाइने लड्डुलाई ‘लाई’ भनिन्छ । पश्चिम नेपालतिर थारूले यस पर्वलाई ‘माघी’ भने पनि मधेसमा भने तिलासक्रायत भन्ने गर्छन् ।

यो पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र इष्टमित्र डाकिने थारू जातिको परम्परा छ । ‘पर्वका लागि सबै करकुटुम्बलाई निम्ता दिइसकियो’, भङ्गाहा–४ थारूटोल बनराकी ७५ वर्षीया रामसुनरदेवी थारूले भने, ‘हामी अब पर्वको सर्जाम जुटाउन लागेका छौँ ।’

मगर जातिमा पनि माघेसङ्क्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र इष्टमित्र  डाक्ने चलन छ । महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका धेरैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ ।

‘माघेसङ्क्रान्ति मनाउन छोराछोरी धमाधम जम्मा हुँदैछन्’, बर्दिबास–९ पशुपतिनगरको टोकीटोलका रामचन्द्र थापामगरले भने ‍, ‘अब हुस्सु पनि फाटेर दिन राम्रा हुँदैछन्, चाडवाड रमाइलो हुने आस छ ।’

मकर सङ्क्रान्ति पनि भनिने यो पर्वमा खास महत्वको मानिने तील, सक्खर, चिउरा र मुरीको बजार बाक्लै देखिएका छन् । तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लड्डु बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, खुवाउने मैथिल परम्परा छ ।
 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित