भरतपुर अस्पतालमा बिरामीको चाप « Khabarhub

भरतपुर अस्पतालमा बिरामीको चाप


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्यांकअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् ।
 
अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत रहेका छन् ।

विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य रहेका थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो । त्यसमध्ये स्वास्थ्य बीमाका एक हजार ६८५ र ६७२ अन्य थिए ।

पौडेलका अनुसार यसअघिको अस्पतालको सबैभन्दा उच्च बिरामी सङ्ख्या २०८० असोज ४ गते रहेको थियो । त्यस दिन तीन हजार दुई जनाले सेवा लिएकामा दुई हजार १४३ स्वास्थ्य बीमाका र ८८९ अन्य बिरामी थिए ।

पौडेल एकाएक बिरामी बढ्नुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु परिवर्तन हुनसक्ने आशंका, पुसमा धेरैको बीमा अवधि सकिनु, काठमाडौँका कतिपय अस्पतालले बीमा सेवा बन्द गर्नु, विद्यालयमा बिदा हुनुलगायतका कारण हुनसक्ने बताउँछन्।

स्वास्थ्य बीमामा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा कृष्णप्रसाद पौडेल स्वास्थ्य बीमासँगै नगदमा सेवा लिनेलाई अस्पतालले गरेको उच्चतम् व्यवस्थापनका कारण बिरामीको उच्च चाप भएको बताउँछन्। 

के कारणले एकाएक बिरामी बढे भन्न नसकिने भन्दै उनले बीमा बन्द हुने हल्लाकै कारण बिरामी थपिएको हुनसक्ने बताए ।

भरतपुरमा एक वर्षमा झण्डै चार लाख ५० हजार पटक बीमामा सेवा लिने आउने गरेका छन् । उनीहरूलाई सेवा दिएवापत बीमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम रु ६० करोडभन्दा माथि पुगेको पौडेलले बताए।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ४५ बजे

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई