त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी « Khabarhub

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गाडीको उत्खनन कार्य आज पनि जारी छ।

आइतबार बिहान सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा गाडीका पार्टपुर्जा देखिएको सूचना प्राप्त भएपछि खोज तथा उत्खननका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट टोली खटिएको थियो।

नदी किनारमा देखिएका पार्टपुर्जा २०८१ असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले पुरेर त्रिशूली नदीमा बेपत्ता भएको गाडी हुनसक्ने आशंका गरिएको छ।

वीरगञ्जबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिरोले पुरिएर नदीमा बेपत्ता भएका थिए।

उत्खनन तथा थप पहिचानको काम जारी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ५० बजे

पार्टीबाट अलग भइसकेका राष्ट्रपति पौडेल पनि कांग्रेसका मतदाता !

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व चयनतर्फ

तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं– देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ। मुलुकमा सङ्घीय

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय

रवि र बालेनले उज्यालोलाई अलग्याए : डा. महेन्द्र लावती

काठमाडौं- डा. महेन्द्र लावती उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन्

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ