काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।
पार्टी नेता राजेन्द्रकुमार पाण्डेले खबरहबलाई दिएको जानकारी अनुसार नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन्।
विभिन्न पार्टी परित्याग गरेर आएका तथा १६ वटा पार्टी मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको हो।
नेकपाको केन्द्रीय सदस्यकै हैसियतमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि शपथ ग्रहण गरेको बताइएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

























प्रतिक्रिया