काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने भएको छ।
निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी र कार्यतालिकाबारे जानकारी गराए। उनका अनुसार निर्वाचन पुरानै विधि र पार्टीको विद्यमान नीतिअनुसार सम्पन्न हुनेछ।
केसीले दिएको विवरणअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री चयन हुनेछन्। यससँगै विभिन्न समूह र समावेशी कोटाबाट केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।













प्रतिक्रिया