मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन « Khabarhub

मनोजमणि आचार्य भन्छन् : निर्वाचनको रेल गुडिसक्यो, अब रोकिँदैन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभापति शेरबहादुर देउवा सहमतिमा आउन तयार नभएपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढाएका छन्।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।

समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। उता सभापतिदेखि केन्द्रीय कार्यसमिति सदस्यसम्मको उम्मेदवारी शुल्क पनि सार्वजनिक भएको छ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएपछि सभापति देउवामाथि पार्टीलाई फुटबाट जोगाउन थप दबाब परेको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशन सचिवालय संयोजक मनोमणि आचार्यले अब रेल गुडिसकेको प्रतिक्रिया दिएका छन् ।

उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग अब कुनै हालतमा नयाँ नेतृत्व चयन प्रक्रिया नरोकिने बताएका छन् ।

‘नयाँ नेतृत्व चयनका लागि रेल गुडिसक्यो, अब रोकिन्न’, उनले भने, ‘हामी अब निर्णायक मोडमा पुगिसकेका छौँ । अब निर्वाचन प्रक्रियाले गति लिइसकेको छ ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : २८ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार