भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु « Khabarhub

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको ज्यान गएको छ ।

ज्यान गुमाउने सबैजना सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी दुई परिवारका सदस्य रहेका छन् ।

सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा यो घटना भएको हो ।

विस्फोटपछि आगलागी हुँदा वरपरका घर पनि जलेर ध्वस्त भएका छन् । विस्फोटपछि उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।

सिद्धकुमाख गाउँपालिकी–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् ।

यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक पनि यो विस्फोटमा मारिएका छन् ।

उनीहरू सबैजना दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए । मजदुरी गर्दै आएका उनीहरू बसेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो ।

उक्त दुर्घटनापछि अहिलेसम्म पाँच जनाको शव फेला परेको छ। बाँकी शवको खोजी जारी छ।

विस्फोटका कारण शवहरू क्षतविक्षत भएकाले सबैको पहिचान कार्य भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालित छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ४२ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष