करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा « Khabarhub

करुर भागदौड काण्डमा सुपरस्टार विजय सीबीआईको घेरामा


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके) का अध्यक्ष विजय (जोसेफ विजय चन्द्रशेखर) करुर भागदौड प्रकरणको छानबिनका क्रममा सोमबार दिल्लीस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को मुख्यालयमा उपस्थित भएका छन्।

सन् २०२५ सेप्टेम्बर २७ मा करुरमा आयोजित पार्टी घोषणा कार्यक्रममा भागदौड मच्चिँदा ४१ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए। उक्त घटनालाई गम्भीर मान्दै सर्वोच्च अदालतको आदेशअनुसार सीबीआईले अनुसन्धान गरिरहेको छ।

सीबीआईसमक्ष बयान दिँदै विजयले घटनामा आफ्नो वा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले कार्यक्रमस्थलमा अत्यधिक भीड देखिएपछि अवस्था नियन्त्रण बाहिर जान सक्ने आशंका गर्दै त्यहाँबाट बाहिरिएको स्पष्ट पारेका छन्।

विजय कार्यक्रमस्थलमा ढिलो पुगेका कारण भीड असन्तुलित भई भागदौड मच्चिएको आरोप लाग्दै आएको छ। तर टीभीकेका पदाधिकारीहरूले भने विजयको भनाइलाई समर्थन गर्दै पार्टीको कुनै गल्ती नरहेको अडान दोहोर्‍याएका छन्।

यसबीच, प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले विजयको ढिलाइले भीड व्यवस्थापनमा समस्या आएको निष्कर्ष उच्च अधिकारीहरूलाई बुझाइसकेको भारतीय मिडियाले जनाएका छन्। सीबीआईले अहिले प्रहरीको विवरण र विजय तथा पार्टी पदाधिकारीहरूको बयानबीचको अन्तरबारे विस्तृत विश्लेषण गरिरहेको छ।

सर्वोच्च अदालतको निर्देशनअनुसार पूर्वन्यायाधीश अजय रस्तोगीको निगरानीमा छानबिन भइरहेको छ। विजयसँगै टीभीकेका नेता आधव अर्जुन र निर्मल कुमार पनि सीबीआई मुख्यालय पुगेका छन्। 

यस प्रकरणमा पूर्व अतिरिक्त प्रहरी महानिर्देशक एस. डेविडसन देवासिरवाथमलाई समेत चाँडै सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ३१ बजे

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई