कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने « Khabarhub

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी दिनेहरूले नगदै बुझाउनुपर्ने भएको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिका कर्मचारीहरूले अहिले महाधिवेशनस्थल भृकुटीमण्डमा उम्मेदवारका आकांक्षीलाई मनोनयन पत्र लिन आउँदा तोकिएको शुल्क नगद नै ल्याउन भनिरहेका छन् ।

उम्मेदवारी दर्ताका लागि खटिएका कर्मचारीहरूले दर्ता शुल्कका लागि नगद नै ल्याउन आग्रह गरिरहेका छन् । केही उम्मेदवारहरूले डिजिटल भुक्तानी गर्न चाहे पनि कर्मचारीहरूले क्युआर नचल्ने, नगदै चाहिने भनेर फर्काइरहेका छन् ।

अहिले निर्वाचन प्रक्रियाबारे केसी नेतृत्वको निर्वाचन समिति र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल जारी रहेको छ।

संस्थापन पक्षसँग मंगलबार बिहान भएको पहिलो चरणको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

निर्वाचन समितिले सभापतिको उम्मेदवारको उम्मेदवारी शुल्क ३० हजार तोकेको छ।

निर्वाचन समितिका संयोजक केसीका अनुसार सभापतिको उम्मेदवारको निर्वाचन शुल्क ३० हजार तोकिएको हो।

यस्तै उपसभापति र महामन्त्रीहरूको उम्मेदवारी शुल्क २५ हजार रुपैयाँ तोकिएको छ। उता सहमहामन्त्रीहरूका लागि २० हजार र केन्द्रीय कार्यसमिति सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ४४ बजे

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल