कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने « Khabarhub

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी दिनेहरूले नगदै बुझाउनुपर्ने भएको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिका कर्मचारीहरूले अहिले महाधिवेशनस्थल भृकुटीमण्डमा उम्मेदवारका आकांक्षीलाई मनोनयन पत्र लिन आउँदा तोकिएको शुल्क नगद नै ल्याउन भनिरहेका छन् ।

उम्मेदवारी दर्ताका लागि खटिएका कर्मचारीहरूले दर्ता शुल्कका लागि नगद नै ल्याउन आग्रह गरिरहेका छन् । केही उम्मेदवारहरूले डिजिटल भुक्तानी गर्न चाहे पनि कर्मचारीहरूले क्युआर नचल्ने, नगदै चाहिने भनेर फर्काइरहेका छन् ।

अहिले निर्वाचन प्रक्रियाबारे केसी नेतृत्वको निर्वाचन समिति र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल जारी रहेको छ।

संस्थापन पक्षसँग मंगलबार बिहान भएको पहिलो चरणको वार्तामा कुरा नमिलेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

निर्वाचन समितिले सभापतिको उम्मेदवारको उम्मेदवारी शुल्क ३० हजार तोकेको छ।

निर्वाचन समितिका संयोजक केसीका अनुसार सभापतिको उम्मेदवारको निर्वाचन शुल्क ३० हजार तोकिएको हो।

यस्तै उपसभापति र महामन्त्रीहरूको उम्मेदवारी शुल्क २५ हजार रुपैयाँ तोकिएको छ। उता सहमहामन्त्रीहरूका लागि २० हजार र केन्द्रीय कार्यसमिति सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ४४ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण