पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन « Khabarhub

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष लिङ्देनले बलियो बनाउन बनाउने क्रममा व्यवस्थापकीय कुराहरू छलफलबाट मिलाउन सकिने भन्दै नेतृत्व बाधक बने परिवर्तन गर्न समेत आफू तयार रहेको बताएका हुन् ।

अहिलेसम्मको सबै घटनाक्रमले, सबै अग्नि परीक्षाले राष्ट्रवादी आन्दोलनको मूलधार र शक्ति भनेको राप्रपा नै हो भन्ने प्रमाणित भएको उनले बताए ।

उनले नेपालको निर्णायकत्व विदेशीको हातमा गएको, अनुभूति गरिने गरी प्रयोग भइरहेकाले समान बिचार भएकाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । 

नेपालको निर्णायकता नेपाली जनताकै हातमा राख्न, नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन र समुन्नत, समृद्ध र सबल राष्ट्रको जिम्मा युवाहरूलाई दिने कर्तव्य आफूहरूको भएको उनले बताए  । अध्यक्ष लिङ्देनले आगामी चुनावका लागि इमानदारीका साथ मेहनत गर्दै निर्वाचन रूपी आन्दोलनमा होमिन अपिल समेत गरे ।  

त्यस्तै राप्रपाका नेता कमल थापाले जेन-जीको म्याण्डेड अनुसार भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त गराउने काम राप्रपाले मात्रै गर्न सक्ने बताए  । 

अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनले बताए । थापाले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राज संस्था सहितको प्रजातन्त्र र दुई तहको सरकार रहने शासन प्रणाली कायमका लागि निरन्तर सडक र सदनबाट दबाब दिने धारणा राखे ।

उनले आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पूर्ण बहुमत प्रदान गर्नको निमित्त अपिल गर्दै राष्ट्र निर्माणमा एकताबद्ध हुन आह्वान समेत गरे । 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ३० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश