चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट
चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल राष्ट्र बैंकले गरेको विशेष अध्ययनले ५२.७ प्रतिशत उद्योगको व्यावसायिक कार्यसम्पादन खस्कँदै गएको देखाएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका लघु, साना तथा मझौला उद्यमहरू चितवन र मकवानपुर जिल्लामा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले गरेको एक विशेष अध्ययन अनुसार सर्वेक्षण गरिएका ३२१ उद्योगमध्ये ५२.७ प्रतिशतको कारोबारमा गिरावट आएको छ ।
ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह
प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?
झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार
नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष ०८१-८२ को आफ्नो १४औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार नेपालमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणका लागि चालिएका कदमहरूमा उल्लेख्य प्रगति देखिएको छ ।

समीक्षा अवधिमा वित्तीय संस्थाहरूबाट प्राप्त हुने शंकास्पद कारोबार रिपोर्ट र शङ्कास्पद गतिविधि रिपोर्टको सङ्ख्यामा ३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा ७ हजार ३३८ वटा यस्ता रिपोर्ट प्राप्त भएकोमा यस वर्ष यो संख्या बढेर ९ हजार ५६५ पुगेको छ । रिपोर्टिङमा भएको यो वृद्धिले वित्तीय क्षेत्रमा सतर्कता बढेको र अनुगमन प्रणाली प्रभावकारी हुँदै गएको संकेत गर्दछ ।
वित्तीय जानकारी इकाईले सबै शंकास्पद कारोबारको रिपोर्टिङलाई पूर्ण रूपमा डिजिटल बनाएको छ । प्रतिवेदन अनुसार गोएमएल प्रणालीमा आबद्ध हुने सूचक संस्थाहरूको संख्या ११३.३६ प्रतिशतले वृद्धि भई ३ हजार ४९७ पुगेको छ । विशेष गरी सहकारी, बहुमूल्य धातु व्यापारी र रेमिट्यान्स कम्पनीहरूलाई यो प्रणालीमा आबद्ध गराउने कार्यमा ठूलो सफलता मिलेको तथ्यांकमा उल्लेख छ ।
नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन
टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार













प्रतिक्रिया