सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी « Khabarhub

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा निर्वाचन क्षेत्र नं २ मा करिब रु पाँच अर्ब बराबरको बजेट भित्र्याएर विकासका काम अघि बढाइएको दाबी गरेका छन् ।

आज बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गते समाप्त हुन लागेको जानकारी गराउँदै निर्वाचन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा आफूले तीन वर्षको अवधिमा सम्पन्न गरेका विकासका कामबारे विवरण सार्वजनिक गरेका हुन् । 

उनका अनुसार संसद् पुनःस्थापना आफ्नो पहिलो एजेण्डा भए पनि जिम्मेवारीमा रहँदा विकास र संसदीय मर्यादालाई सन्तुलनमा राखेर काम गरिएको छ ।

सभामुख घिमिरेले २०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भई पुस ८ गते शपथ ग्रहण गरेको स्मरण गराउँदै माघ ५ गतेदेखि सभामुखको जिम्मेवारी सम्हालेको बताए । त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपानी, नदी कटान नियन्त्रण, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका क्षेत्रमा उल्लेख्य बजेट सुनिश्चित गरिएको उनको भनाइ छ ।

‘तीन वर्षको अवधिमा झापा–२ को समग्र विकासका लागि करिब पाँच अर्ब बराबरको बजेट व्यवस्थापन गरिएको छ”, सभामुख घिमिरेले भने, “यसले यहाँको दीर्घकालीन विकासका लागि बलियो आधार तयार गरेको छ ।’

सभामुख घिमिरेले आगामी दिनमा पनि यस क्षेत्रको विकासलाई निरन्तरता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै जनताप्रति उत्तरदायी भएर काम गरिएको दाबी गरे।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले सभामुख घिमिरेको पहल र सहयोगका कारण बिर्तामोड नगर क्षेत्रमा उल्लेखनीय विकास सम्भव भएको बताए। उनले सडक विस्तार, खानेपानी सुधार तथा अन्य भौतिक पूर्वाधार विकासका लागि केन्द्र सरकारबाट पर्याप्त बजेट सुनिश्चित हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक, अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देन, बुद्धशान्तिका नगरप्रमुख मनोज प्रसाईं, संविधानसभा सदस्य प्रेम गिरीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ०४ बजे

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा