काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन् ।
सोमबारको बन्दसत्रमा महामन्त्री थापाले राख्नुभएको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राखेको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो ।
सोमबारदेखि सुरु भएको बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिका छुट्टाछुट्टै नौ समूह बनाएर गहन छलफल गरी आज पारित गरिएको हो ।
यस्तै, आजै दिउँसोदेखि निर्वाचनका कामलाई समेत अगाडि बढाइएको छ । आज उम्मेदवारी दर्ता गरी बुधबार मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।













प्रतिक्रिया