काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी अझै बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा उनले यो महाधिवेशनले पार्टीलाई विभाजित गरेको भन्ने नहुने र यसले पार्टीलाई झन् पुनर्ताजगी गर्ने बताए ।
“नेपाली कांग्रेसलाई बदल्नुछ, कांग्रेसलाई नवीन बनाउनुछ, त्यसका लागि विशेष महाधिवेशन हो”, उनले भने । महामन्त्री शर्माले आफूले सोमबारको बन्दसत्रमा पेस गरेको प्रस्तावमा महाधिवेशन प्रतिनिधि र आमजनताबाट आएका सुझावलाई ग्रहण गरी अगाडि बढ्ने बताए ।
उनले महाधिवेशन प्रतिनिधि र आमनागरिकको भावनाअनुसारको पार्टी सङ्गठन बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे ।













प्रतिक्रिया