कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित « Khabarhub

कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले लज्जास्पद हारको सामना गरेको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको एट्लेटिको म्याड्रिडसँग बार्सिलोना ४–० ले पराजित भएको हो ।

बार्सिलोनाले खेलको सुरुवातमा गरेको आत्मघाती गोलले उसलाई मैदानमा कमजोर बनाएको थियो । पहिलो गोल बार्सिलोनाका एरिक गार्सियाले गोलरक्षकलाई पास दिँदा भएको थियो ।

दोस्रो गोल खेलको १४ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरे भने तेस्रो गोल ३३ औं मिनेटमा लुकम्यानले गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनमाथि एट्लेटिकोले ४ गोल गरेको थियो ।

पहिलो हाफमै ४–० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्न नसक्दा लज्जास्पद हारको सामना गरेको हो । उसका लागि दोस्रो हाफमा पाउ कुबार्सीले गरेको गोल अफसाइट ठहरिएको थियो ।

खेलको सुरुमै दबाबमा परेको बार्सिलोनाका एरिक गार्सियाले फउल गरेपछि रातो कार्ड पाएर मैदान छोड्न बाध्य भएका थिए । उनले एलेक्स बेनालाई फउल गरेपछि खेलको अन्तिमतिर रातोकार्ड पाएका हुन् ।

सेमिफाइनलको दोस्रो लेगको खेल मार्चा ३ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : ५३ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन