लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह « Khabarhub

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताए । 

पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रूपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको बताएका हुन् । 

उनले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन सबैलाई आग्रह गरे। 

कांग्रेसले हालको संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेसा–चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहने सम्पूर्णलाई सहयोगका लागि आह्वान गरेको छ ।

‘कांग्रेस सधैँ विचार, विवेक र प्रतिबद्धताको सङ्गम भएको लोकतान्त्रिक मञ्च हो, यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ । पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ’, विज्ञप्तिमा भनिएको छ । 
 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : ४० बजे

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको