‘जनयुद्ध’कालीन सेल्टरमा प्रचण्ड, भने : ८० प्रतिशत भूभाग माओवादीले कब्जा गरेको राष्ट्रसंघले पनि स्वीकारेको थियो « Khabarhub

‘जनयुद्ध’कालीन सेल्टरमा प्रचण्ड, भने : ८० प्रतिशत भूभाग माओवादीले कब्जा गरेको राष्ट्रसंघले पनि स्वीकारेको थियो


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक यति बेला रुकुम र रोल्पातिर व्यस्त छन् । १० वर्षे सशस्त्र संघर्षपछि देशका विभिन्न ६ वटा क्षेत्र पुगेर चुनाव लडिसकेका उनी यस पटक रुकुम पूर्व पुगेका छन् ।

अन्य दलका नेताहरूलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न धौधौ परिरहेका बेला प्रचण्ड भने ढुक्कले रोल्पा र रूकुमका डाँडाकाँडा डुलिरहेका छन् ।

उनी ‘जनयुद्ध’का क्रममा सेल्टर बनाएर बसेको रूकुम पूर्वस्थित भुमे गाँउपालिका-७ लावाङको घरमा बिहीबार पुगे। जहाँ उनले आफू बसेको घर, कोठा र खाटसमेत अवलोकन गरे ।

प्रचण्डले त्यसक्रममा भावुक हुँदै जनयुद्धकालीन समयको स्मरण गरेर स्थानीयलाई केही सन्देश पनि दिने प्रयास गरे । उनी युद्धकालीन सेल्टरमा छिर्नुअघि महत गाउँ पुगेर स्थानीय महिलाहरूसँग नाचे । प्रचण्डले स्थानीय लोकबाजाको तालमा तालमा नाचेर हिजोका दिनको स्मरण गरे।

त्यसपछि उनी लावाङस्थित युद्धकालीन सेल्टर बनाइएको घरको कोठादेखि बाह्रदलीसम्ममा उक्लिए । ‘त्यसबेला सेल्टरमा बसेको घर यही हो । मेरो कोठा पनि यही हो । खाट पनि सम्भवत: यही हो’, उनले पुराना दिन सम्झिँदै भने, ‘अहिले त रोमाञ्चक लाग्छ । कथा जस्तो पनि लाग्छ, इतिहास जस्तो पनि छ यो देख्दा ।’

उनले युद्धकालमा उक्त घरको कोठामा बसेर दस्तावेज लेखेको पनि सम्झिए । ‘यही कोठामा बसेर दस्तावेज लेखेको थिए । यही कोठामा पोलिटब्युरो बैठकका प्रस्ताव र कार्यक्रम अघि बढाउने तयारी गरेको थिएँ’, उनले भने, ‘म र पम्फा भुसाल त्यसबेलाको पोलिटब्युरो बैठकमा थियौँ । अहिले हामी यहाँ सँगै छौँ।’
युद्धकालीन सेल्टरले देशभर एउटा सन्देश दिएको उनले बताए। ‘देशभर एउटा सन्देश गएको छ। देशभरका महान् सहिदहरूप्रति सम्मान गर्छु’, उनले भने, ‘त्यस्तो आँधीहुरीका दिनमा देशभरीका क्रान्तिकारी जनताले हामीलाई गणतन्त्रसम्म ल्याउन सघाउनु भयो ।’

उनले आफू लावाङको त्यस घरमा बस्दा आफ्नो टाउकाको मोल तोकेको पनि सम्झिए । ‘यो घरमा बस्दा बस्दै टाउकाको मूल्य तोकिएको थियो । यहाँ म लामो समय बस्नुपर्‍यो । तर यहाँ हामी स्वतन्त्र थियौँ । जनताबीचमा हामी खुल्ला थियौँ’, उनले भने, ‘तत्कालीन राज्य पक्षले हाम्रो टाउकाको मूल्य तोक्दा पनि खतरा थिएन । हामी देशभर थियौँ, उनीहरू काठमाडौंमा मात्रै सीमित भएका थिए ।’

उनले त्यसबेलाको युद्धकालीन समयमा माओवादीले ८० प्रतिशत भूभाग कब्जा गरेको सम्झिए । ‘त्यसबेला देशको ८० प्रतिशत भूभाग माओवादीले कब्जा गरेको भनेर राष्ट्रसंघले पनि स्वीकारेको थियो’, उनले भने, ‘अहिले पनि हामी जनतामाझ छौँ । नेकपा भनेको जनताको आश्रम हो ।’

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : २४ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र