विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा « Khabarhub

विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनकौल (सर्लाही)- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताएका छन् । घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उनले स्थानीय जनताको आवश्यकता सम्बोधनका लागि विज्ञहरूको सुझावका आधारमा काम गर्ने बताएका हुन् ।

आज बरहथवा नगरपालिका, बसबरिया गाउँपालिकाअन्तर्गत क्षेत्र नं ४ मा पर्ने वडाका मतदातासँग भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रलाई उत्कृष्ट बनाउने गरी आफूले काम गर्ने बताए । “आगामी पाँच वर्षभित्रमा मधेसमा रहेका ३२ निर्वाचन क्षेत्रमध्ये सर्लाही ४ लाई भौतिक विकासमा मात्र नभइ शिक्षा, स्वास्थ्यका हिसाबले पनि उत्कृष्ट बनाउन लाग्ने छु । आगामी पाँच वर्षमा यहाँ गर्नुपर्ने विकासका कामबारे विज्ञहरूले दिने सुझाव र योजनामा मैले काम गर्छु, योजनाबद्ध रूपमा काम गर्छु”, सभापति थापाले भने ।

उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे । “देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ । प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ”, सभापति थापाले भने ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  २ : २९ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु