जसपा नेपालको घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई ‘फ्री भिसा, फ्री टिकट’ « Khabarhub

जसपा नेपालको घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई ‘फ्री भिसा, फ्री टिकट’


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीलाई बाध्यता ठानेर आन्तरिक रोजगारी प्रवर्द्धनलाई राज्यको मुख्य दायित्व बनाउनुपर्ने जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार सार्वजनिक गरिएको घोषणा पत्रमा पार्टीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने ठोस नीति अघि सारेको छ।

घोषणापत्रको ‘वैदेशिक रोजगारी’ शीर्षकमा आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म विदेश जाने नेपाली श्रमिकहरूको लागि निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिने उल्लेख छ।

यसबाहेक, वैदेशिक रोजगारीमा जानेहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा लाग्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गराउने प्रतिबद्धता जनाइएको छ।

प्रमुख प्रतिबद्धताहरू

-वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारी को व्यवस्था गरिनेछ।
-वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिनेछ।
-वैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिनेछ।
-वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि विदेशमा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारी को प्रबन्ध गरिने नीति लिइनेछ।
-विदेशबाट प्राप्त रेमिट्यान्स रकम औपचारिक बैंकिङ प्रणालीबाट भित्र्याउनुपर्ने र प्राप्त रेमिट्यान्सको महत्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गरिने उल्लेख छ।

पार्टीले वैदेशिक रोजगारीलाई रहर नभई बाध्यता भएको बताउँदै, यसलाई कम गर्दै लैजान आन्तरिक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।

यो नीतिले लाखौं नेपाली युवालाई विदेश पलायनबाट रोक्ने र फर्केकाहरूलाई स्वदेशमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ०७ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु