जसपा नेपालको घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई ‘फ्री भिसा, फ्री टिकट’ « Khabarhub

जसपा नेपालको घोषणापत्र : वैदेशिक रोजगारीमा जानेलाई ‘फ्री भिसा, फ्री टिकट’


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीलाई बाध्यता ठानेर आन्तरिक रोजगारी प्रवर्द्धनलाई राज्यको मुख्य दायित्व बनाउनुपर्ने जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शुक्रबार सार्वजनिक गरिएको घोषणा पत्रमा पार्टीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने ठोस नीति अघि सारेको छ।

घोषणापत्रको ‘वैदेशिक रोजगारी’ शीर्षकमा आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म विदेश जाने नेपाली श्रमिकहरूको लागि निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिने उल्लेख छ।

यसबाहेक, वैदेशिक रोजगारीमा जानेहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा लाग्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गराउने प्रतिबद्धता जनाइएको छ।

प्रमुख प्रतिबद्धताहरू

-वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारी को व्यवस्था गरिनेछ।
-वैदेशिक रोजगारमा जाने श्रमिकहरूको लागि निःशुल्क (फ्री भिसा र फ्री टिकट) रोजगारी प्रदान गर्ने नीति लागू गरिनेछ।
-वैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिनेछ।
-वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि विदेशमा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारी को प्रबन्ध गरिने नीति लिइनेछ।
-विदेशबाट प्राप्त रेमिट्यान्स रकम औपचारिक बैंकिङ प्रणालीबाट भित्र्याउनुपर्ने र प्राप्त रेमिट्यान्सको महत्वपूर्ण अंश श्रमिकको विकास तथा संरक्षणमा खर्च गरिने उल्लेख छ।

पार्टीले वैदेशिक रोजगारीलाई रहर नभई बाध्यता भएको बताउँदै, यसलाई कम गर्दै लैजान आन्तरिक रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएको छ।

यो नीतिले लाखौं नेपाली युवालाई विदेश पलायनबाट रोक्ने र फर्केकाहरूलाई स्वदेशमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ३ : ०७ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी