चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी « Khabarhub

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निःशुल्क स्वास्थ्य र शिक्षा लगायतका विषयलाई समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफूलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरे पनि आफ्नो स्वार्थ पुरा गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले यसअघिको निर्वाचनमा पुरानाले देश बिगार्‍यो भन्दै मत माग्ने नयाँ भन्नेहरूले पनि पुरानै सरकारमा घुसेर सत्ताको स्वाद लिएको तर्क गरे ।

आफूलाई जनतालाई मूर्ख बनाउनेहरूले आज नयाँ भनेर व्याख्या गरिराख्दा चिन्ता लाग्ने गरेको भन्दै उनले अब आफ्नो पार्टी नयाँ मुद्दाका साथ जनतामा गएको दाबी गरे । 

उनले जनताको जीवनस्तर कागजी किताबमा नभई वास्तविक रुपमा नै सुधार गर्ने योजना आफूहरूसँग रहेको बताए । अध्यक्ष साहले उम्मेदवार पनि ठिक हुने र व्यवस्थाका साथै नीति पनि सही ढङ्गले चल्नेगरि देशलाई अघि बढाउन जनताहरूले पनि गम्भीर भएर निर्वाचनमा मत प्रयोग गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : २७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली