चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी « Khabarhub

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निःशुल्क स्वास्थ्य र शिक्षा लगायतका विषयलाई समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफूलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरे पनि आफ्नो स्वार्थ पुरा गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले यसअघिको निर्वाचनमा पुरानाले देश बिगार्‍यो भन्दै मत माग्ने नयाँ भन्नेहरूले पनि पुरानै सरकारमा घुसेर सत्ताको स्वाद लिएको तर्क गरे ।

आफूलाई जनतालाई मूर्ख बनाउनेहरूले आज नयाँ भनेर व्याख्या गरिराख्दा चिन्ता लाग्ने गरेको भन्दै उनले अब आफ्नो पार्टी नयाँ मुद्दाका साथ जनतामा गएको दाबी गरे । 

उनले जनताको जीवनस्तर कागजी किताबमा नभई वास्तविक रुपमा नै सुधार गर्ने योजना आफूहरूसँग रहेको बताए । अध्यक्ष साहले उम्मेदवार पनि ठिक हुने र व्यवस्थाका साथै नीति पनि सही ढङ्गले चल्नेगरि देशलाई अघि बढाउन जनताहरूले पनि गम्भीर भएर निर्वाचनमा मत प्रयोग गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : २७ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह