लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की « Khabarhub

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र विश्वभर छरिएका नेपालीलाई स्वदेशमा सहज रूपमा लगानी गर्ने र आर्जन गरेको रकम फिर्ता लैजाने कानुनी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रदेश सरकारले आयोजनामा गत बैशाखमा सम्पन्न लगानी सम्मेलनको उपलब्धि र प्रक्रियागत पक्षबारे शुक्रबार विराटनगरमा आयोजित सरोकारवाला निकायसँग छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

नेपाललाई आफ्नो मातृभूमि वा पितृभूमि मान्ने ठुलो जनशक्ति विदेशमा रहेको बताउँदै उनले उनीहरूलाई नेपालमा आउने–जाने, लगानी गर्ने र आर्जन गरेको रकम लैजाने प्रक्रियालाई प्रशासनिक झन्झटमुक्त बनाउनुपर्ने बताए ।

नीतिहरू स्पष्ट भए पनि प्रशासनिक ढिलासुस्ती र कानुनी जटिलताका कारण लगानीकर्ता निरुत्साहित भइरहेको भन्दै उनले आवश्यकता परे ७ दिनभित्र अध्यादेश ल्याएर भए पनि सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे  । 

नीतिहरू उत्कृष्ट भए पनि कानुनमा रूपान्तरण गर्दा व्यावहारिक समस्या देखिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले वन ऐन र संघीय संरचनाका कतिपय प्रावधानले विकासमा अवरोध सिर्जना गरेको बताए । 

कर्मचारीतन्त्रमा फाइल अड्किने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले आवश्यकता परे सरकारले सात दिनभित्र अध्यादेशमार्फत भए पनि लगानीमैत्री कानुन बनाउन तयार हुनुपर्ने धारणा राखे ।

स्थानीय उत्पादनको प्रवर्द्धन र निर्यातको सम्भावनाका बारेमा चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोदोको रक्सी (लोकल रक्सी) लाई ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने बताए । 

इन्धन आयात घटाउन र वैदेशिक मुद्रा बचत गर्न इथानोल उत्पादनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै उनले उदयपुरमा यस्ता उद्योग स्थापनाको प्रक्रिया अघि बढेको बताए । 

प्रदेशमा रहेका ५१ वटा ठुला लगानीका परियोजनामध्ये ५० वटामा प्रगति भइरहेको र लगानीकर्ताहरूसँग प्रत्येक तीन महिनामा प्रत्यक्ष संवाद गर्ने कार्यतालिका बनाइने उनले जानकारी दिए ।

देशको न्यून जनसंख्या वृद्धिदर र तीव्र बसाइसराइप्रति चिन्ता व्यक्त गर्दै उनले पहाडी क्षेत्रलाई खाली हुन नदिन त्यहाँ उद्योग र पूर्वाधार विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । 

नेपालको भू–राजनीतिक अवस्थितिलाई अवसरका रूपमा उपयोग गर्दै भारत र चीनका पर्यटक भित्र्याउने ठोस योजना बनाउनुपर्नेमा उनको जोड थियो । 

आगामी पाँच वर्षभित्र सडक, हवाई मार्ग र प्रशासनिक प्रक्रियामा सुधार गरी वार्षिक करोडौँ पर्यटक नेपाल भित्र्याएर मुलुकलाई आर्थिक रूपमा सबल बनाउन सकिने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरे । 

विराटनगरमा गत वैशाख १८ र १९ गते ‘नेपालमा प्रादेशिक तहको पहिलो लगानी सम्मेलन’ सम्पन्न भएको थियो । ‘प्रदेश समृद्धिको आधारः उद्योग, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा ७१ वटा गौरवका आयोजनाहरू लगानीका लागि प्रस्तुत (सोकेस) गरिएको थियो । 

सम्मेलनका क्रममा ५१ वटा परियोजनाका लागि कुल १ खर्ब ५७ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता (समझदारी पत्रमा हस्ताक्षर) प्राप्त भएको छ । कार्यक्रममा सहभागी लगानीकर्ताहरूले आफ्नो परियोजनाको कार्यान्वयनको अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ५ : ११ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

धौलागिरि अस्पतालमा पहिलो पटक सर्पदंशको उपचार

बागलुङ– धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको

मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल

म्याग्दी मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक