‘मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन’ « Khabarhub

‘मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन’


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएका छन् । 

सामुदायिक रेडियो प्रसारक सङ्घले १५ औँ विश्व रेडियो दिवसका अवसरमा आज  आयोजना गरेको कार्यक्रममा उनले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताए । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गरे । 

उनले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिए । 

‘सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ । यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने । 

कार्यक्रममा सङ्घले रेडियोकर्मीका लागि बनाएको निर्वाचन आचारसंहिता वाचन गरेर सुनाइएको थियो । सङ्घले जारी गरेको आचारसंहिता र निर्वाचन आचारसंहिताबारे पनि सबै सामुदायिक रेडियोबाट जानकारी गराई जागरण फैल्याउन सहयोग गर्न पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ४ : ५२ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति