बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री  « Khabarhub

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्  । 

मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा विजय जैसीसहितको टोलीले आज उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो ।

मन्त्री चौलागाईँले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । सडकको दुरावस्थाका कारण जनताले भोग्दै आएका सास्तीप्रति चिन्ता व्यक्त गर्दै उनले जतिसक्दो छिटो काम सम्पन्न गर्न आग्रह गरे ।

मन्त्री चौलागाईँले पश्चिम नेपाललाई जोड्ने यो महत्त्वपूर्ण सडकखण्डको आवागमन सहज बनाउन समयमै निर्माण पूरा गर्न आवश्यक तदारुकतामा जोड दिए । 

निरीक्षणका क्रममा उनले चिनियाँ ठेकेदार, कोरियन कन्सल्ट्यान्ट, साइट म्यानेजर तथा इन्जिनियरहरूसँग छलफल गर्दै आवश्यक सहजीकरण र प्रगति अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

सो अवसरमा हाल उक्त सडकखण्डको ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको र बाँकी काम छिट्टै पूरा गरिने जानकारी दिइएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ५ : ४४ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह