जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू)  « Khabarhub

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

नयाँ मन्त्री राख्न अस्थायी आवास खोजिँदै


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने तयारी भइरहेका बेला मन्त्रीहरूका लागि सरकारी आवासको व्यवस्था भने तत्काल सहज नहुने देखिएको छ।

ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवास परिसर जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रीहरूको बसोबास व्यवस्थामा समस्या देखिएको हो।

करिब एक अर्ब ३४ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको आधुनिक मन्त्री निवास क्षेत्र प्रयोगमा आएको एक वर्ष नपुग्दै क्षतिग्रस्त भएको छ। परिसरका धेरै भवनमा आगजनी र तोडफोडका कारण बस्न नमिल्ने अवस्था बनेको छ।

सिंहदरबार संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार हालको अवस्थामा उक्त परिसरमा बसोबास गर्न मिल्ने अवस्था छैन। त्यसैले नयाँ सरकार गठन भएपछि मन्त्रीहरूका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिने योजना बनाइएको छ।

काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्रीले आफ्नै घरमा बस्न सक्ने र अन्य मन्त्रीका लागि आवश्यक परे भाडामा घर लिएर बसोबासको व्यवस्था मिलाइने जनाइएको छ।

उता, क्षतिग्रस्त मन्त्री निवासको पुनर्निर्माण प्रक्रिया पनि सुरु भइसकेको छ। २७ वटा भवन रहेको उक्त परिसरका धेरै क्षति पुगेका भवनको प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

प्राविधिक तथा आर्थिक मूल्यांकनपछि योग्य निर्माण कम्पनीसँग सम्झौता गरेर पुनर्निर्माणको काम अघि बढाइने बताइएको छ। सरकारले चालु आर्थिक वर्षको असार मसान्तसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : १२ बजे

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक