इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी « Khabarhub

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  

इनिशालाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले इनिशा बिकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, नारीहरूको सुरक्षा गर, घटनाको निष्पक्ष सम्मान गर लगायतका नारा लगाएका थिए ।

कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने जनाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १२ : ४७ बजे

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक