इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै « Khabarhub

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, शेयर बजार घट्दै


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

तेहरान– तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलसँगको युद्धमा नयाँ मोर्चा खोल्ने आह्वान गरेपछि बजारमा अस्थिरता बढेको हो । 

हर्मुज स्ट्रेट विश्वको ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग हो, जहाँ विश्वको लगभग एक पाँचौँ तेल र ग्याँस ढुवानी हुन्छ । खमेनीले सार्वजनिक रूपमा भने, ‘स्ट्रेटको अवरोध ‘अवश्य प्रयोग गर्नुपर्ने’ छ र यदि युद्ध जारी रह्यो भने अन्य संवेदनशील मोर्चा पनि खोलिनेछ ।’

इरानले यस हप्ता खाडी क्षेत्रमा विभिन्न ऊर्जा संरचनामा हमला गरेको छ । इराक नजिक जहाजहरूमा आक्रमण भएको छ, बहराइनमा इन्धन ट्यांकरमा धावा भएको छ र साउदी अरबमा तेल क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ । इरानले यदि यसको ऊर्जा पूर्वाधार वा बन्दरगाहहरूमा हमला भयो भने ‘क्षेत्रको तेल र ग्याँस जलाइने चेतावनी दिएको छ  ।’

तेल बजारमा उच्च मूल्य कायम रहँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो सङ्कटलाई ‘विश्व इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’ भनेको छ । ब्रेन्ट क्रूडको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ, र यसले वैश्विक ऊर्जा बजारमा अनिश्चितता थपेको छ । तेल मूल्य बढ्दा विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको खतरा र आर्थिक दबाब बढ्ने जोखिम पनि बढेको छ ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक भएकाले मूल्य बढ्दा यसबाट लाभ हुने बताएका छन् । 

तर उनले आफ्नो प्राथमिकता इरानलाई आणविक हतियारबाट रोक्ने र मध्यपूर्व तथा विश्वलाई सुरक्षा दिनेतर्फ केन्द्रित रहेको पनि उल्लेख गरेका छन् । 

बजारमा चिन्ता बढेसँगै एशियाली अर्थतन्त्रहरू सबैभन्दा संवेदनशील देखिएका छन्, किनकि ती अर्थतन्त्रहरू ऊर्जा आयातमा अत्यधिक निर्भर छन् ।

वैश्विक शेयर बजारमा गिरावट आएको छ । टोकियो, हङकङ, शाङ्घाई, सिङ्गापुर, सिओल, मुम्बई, बैङ्कक, वेलिङ्गटन, मनीला र जकार्ताका बजारहरू सबै घटेका छन् । बजार विशेषज्ञहरूले हर्मुज स्ट्रेट बन्द रहँदा शेयर बजारमा दबाब रहिरहनेछ र ऊर्जा मूल्य उच्च रहिरहने चेतावनी दिएका छन् । रासस

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  २ : १३ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।