निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन « Khabarhub

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभियानका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी धन्यवाद ज्ञापन गरेको हो ।

शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि गृहमन्त्रीमार्फत सरकारलाई धन्यवाद दिएको हो । अभियानले निर्वाचन सफल बनाउन सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेको छ । त्यस अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बद्ध सबैलाई धन्यवाद दिए ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष भएको उल्लेख गर्दै उनले अब संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकार संस्थागत गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे । “निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय निकै सराहनीय छ । यसले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको छ”, मन्त्री अर्यालले भने ।

अभियानले विषम परिस्थितिमा पनि शान्तिपूर्ण, मर्यादित तथा भयरहित निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको र यसले नागरिकको लोकतन्त्रप्रतिको विश्वासलाई पनि थप मजबुत बनाएको उल्लेख गरेको छ ।

“आवधिक निर्वाचन लोकतान्त्रिक शासन प्रणालीका आधारभूत स्तम्भका रूपमा रहेकाले यस्तो संवेदनशील राष्ट्रिय दायित्वलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सरकारद्वारा गरिएको नीतिगत, प्रशासनिक तथा सुरक्षा व्यवस्थासम्बन्धी तयारी र समन्वय प्रसंशनीय छ”, नागरिक अभियानको धन्यवाद पत्रमा उल्लेख भनिएको छ, “निर्वाचन अवधिभर कायम गरिएको शान्तिसुरक्षा, नागरिकको सहभागितामूलक वातावरण सुनिश्चित गर्न गरिएको पहल तथा निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्न सरकारबाट भएको सक्रिय प्रयासले लोकतानित्रक प्रणालीप्रति जनआस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । यस महत्त्वपूर्ण राष्ट्रिय कार्यलाई सफल बनाउन सरकारका मन्त्रीहरू, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा सम्बन्धित सबै निकायले निर्वाह गरेको समन्वयात्मक र उत्तरदायी भूमिकाको समेत सराहनीय छ ।”

नागरिक अभियानले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनमा सरकारको सक्रिय नेतृत्व र प्रतिबद्धता निरन्तर रहिरहने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ३ : १४ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध