मेडिकल काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने  « Khabarhub

मेडिकल काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने 


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्ना सेवाहरूबारे चिकित्सकहरूलाई सहजै जानकारी दिन अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ ।

फागुनको दोस्रो साता बसेको यस वर्षको १२ औँ पूर्ण बैठकले आउट सोर्स मार्फत अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार कल सेन्टरले टेलिफोनका साथै ह्वाट्स एप र भाइवर मार्फत समेत सूचना तथा परामर्श उपलब्ध गराउने छ । 

यसले सेवाग्राहीको भौतिक उपस्थितिलाई न्यूनीकरण गरी प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने बताइएको छ । बैठकले यसका लागि आवश्यक प्राविधिक र जनशक्ति व्यवस्थापनको जिम्मा रजिष्ट्रार डा देवलाई दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले काउन्सिलका सेवाहरू र कार्यसम्पादनका सम्बन्धमा प्राप्त हुने गुनासोहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन क्युआर कोड मार्फत गुनासो व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

उक्त प्रणालीको सुपरिवेक्षण र समग्र व्यवस्थापनको जिम्मेवारी काउन्सिलका उपाध्यक्ष डा कुञ्जाङ शेर्पालाई प्रदान गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : १० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा